Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • मानवअिधकार आयोगको अध्यक्ष हुँ भन्दै ठगी धन्दा, एक जना पक्राउ

    मानवअिधकार आयोगको अध्यक्ष हुँ भन्दै ठगी धन्दा, एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले आफुलाई राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष हुँ भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे स्थाई घर भई हाल मित्रपार्क, चावहिल बस्ने ६० वर्षिय तुलसी थापा रहेका छन् ।



    थापाले आफु राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष भएको र अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गरेका थिए । उनलाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ।



    थापाले आफु अमेरिकामा हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई पन्ध्र लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार