Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चालकसँग घुस असुल्ने तीन प्रहरी पक्राउ, हाकिमलाई उन्मुक्ति

    चालकसँग घुस असुल्ने तीन प्रहरी पक्राउ, हाकिमलाई उन्मुक्ति

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 4.5K
    SHARES

    चितवन । बागमती प्रदेश मातहतका प्रहरी कार्यालयहरुमा चरम घुस असुली बढेपछि कारबाही प्रक्रृया शुरु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको टोलीले २ जना ट्राफिक र एक जनपथ प्रहरीलाई घुस लिएको आरोपमा पक्राउ गरी अनुसन्धान थालेको छ ।

    पक्राउ पर्नेहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका २ जना ट्राफिक प्रहरी र वडा प्रहरी कार्यालय नारयणगढका १ जना प्रहरी हुन् ।



    पक्राउ पर्नेहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत हवल्दार लोकबहादुर घर्तीमगर र जवान जमुना खड्का र अर्का एक जवान रहेका छन् ।



    मंगलबार बेलुका नारायणगढको पुल्चोकबाट पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

    निषेधित क्षेत्रमा सवारी साधन रोक्ने र पार्किङ गर्ने म्याजिक तथा अटो रिक्सा चालकसँग घुस लिंदालिंदै उनीहरु पक्राउ परेका थिए ।

    अनुसन्धानका क्रममा सवारी चालकहरुले एक पसलमा पैसा जम्मा गर्ने र प्रहरीले सोही पसलबाट पैसा लिने गरेको खुलिसकेको छ ।

    सोही घटनामा संलग्न रहेको आरोपमा चारजना सवारी चालक र पसल सञ्चालकलाई पनि पक्राउ गरिएको बागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    पक्राउ परेका प्रहरीहरु जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङ र चतवन ट्राफिकका प्रमुख इन्सपेक्टर दयाकृष्ण भट्ट निकट रहेको प्रहरी स्रोत बताउँछ ।

    भट्ट कवाडी मोटरसाईकलको केसमा पनि रकम असुलेर बद्नाम भएका प्रहरी अधिकारी हुन् ।

    एसपी गुरुङ आफ्नो कार्यकाल सकिन लागेर सरुवाको तयारीमा छन् । सरुवाको मुखमा उनले चितवनका रेष्ट्ररेन्टदेखि ट्रान्सपोर्टहरुसँग असुली धन्दा चलाएको नारायणगढकै एक व्यवसायी बताउँछन् ।

    प्रदेश प्रहरी कार्यालयले भने तल्लो तहका प्रहरीहरुलाई कारबाही गरी हाकिमलाई उन्मुक्ति दिएपछि सानालाई ऐन ठूलालाई चैन भन्ने उखान चरितार्थ भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार