Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेकपाभित्रको झगडाले प्रदेश १ को हिउँदे अधिवेशन स्थगित

    नेकपाभित्रको झगडाले प्रदेश १ को हिउँदे अधिवेशन स्थगित

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 2.3K
    SHARES

    file photo

    बिराटनगर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो दिन बैठक नै स्थगित हुने भएको छ ।

    नेकपा टुक्रिएसँगै दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि आजको बैठकमा दलका नेताहरुले बोल्न नपाउने भएका हुन् ।



    कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको हो ।



    हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ ।

    बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने र त्यसपछि आजको बैठक स्थगित हुने छ ।

    अर्को बैठकको मिति सभामुखले तोक्ने छन् ।

    आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने योजना ओली समूहको थियो भने प्रचण्ड–माधव पक्षले राईलाई संसदीय दलको नेताबाट हटाइसकेको भन्दै उनलाई बोल्न नदिने रणनीति बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार