Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद विघटन मुद्दा : आधा घण्टामा बहस सक्न प्रधानन्यायाधीशको रुलिङ

काठमाडौं । संसद विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजदेखि विघटनविरुद्धको मुद्दामा बहस गर्न कानुन व्यवसायीहरुलाई आधा घण्टाभित्रै सक्न रुलिङ गरेका छन्।

अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले भने, 'आजदेखि हामीले समय निर्धारण गरेका छौं, समयभित्रै रहेर बहस गर्नुहोला तपाईंको लागि आधा घण्टा समय छ, बहस सुरू गर्नुहोस्,' ।

यसअघि अधिवक्ताहरुले चाहेजति समय बहस गर्न पाउँथे । रिट निवेदकका तर्फबाट ३ सय १० जनाले वकालतनामा हालेका छन्। एउटै वकिलले ५ घण्टा लामो बहस गरेपछि इजलासले समयको ख्याल गर्न यसअघि नै रुलिङ्ग गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077