Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • हराएका भनिएका ज्याक मा सार्वजनिक कार्यक्रममा देखिए

    हराएका भनिएका ज्याक मा सार्वजनिक कार्यक्रममा देखिए

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 2.7K
    SHARES

    एजेन्सी । अलिबाबा ग्रुपका संस्थापक ज्याक मा एक कार्यक्रममा देखिएका छन्। चिनियाँ अर्बपति ज्याक मा करिब १०० दिनपछि एक सार्वजनिक कार्यक्रममा देखिएका हुन्। गत अक्टोबरदेखि सार्वजनिक रूपमा नदेखिएका मा बुधबार एउटा भिडिओ कन्फरेन्समा देखिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

    लामो समय उनी सार्वजनिक मञ्चमा नदेखिएपछि चिनियाँ सरकारले नै उनलाई बेपत्ता पारेको हुन सक्ने आशंका गरिएका समाचार प्रकाशित भएका थिए।



    ग्लोबल टाइम्सका अनुसार माले बुधबार रूरल टिचर्स अवार्ड कार्यक्रममा भर्चुअल सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले कोरोनाको महामारी सकिएपछि आफूहरू फेरि भेट्ने बताएका छन्। यो अवार्ड माकै संस्था ज्याक मा फाउन्डेसनले गर्दै आएको छ। प्रविधि व्यापारमा आउनुअघि मा अंग्रेजी पढाउँथे।



    अक्टोबर १० पछि उनले कुनै पनि ट्वीट गरेका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार