Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मकाउ-काठमाडौंको चार्टड विमानमा लाखौं असुली, एयरलाइन्स र मन्त्रालयकै मिलेमतो

    मकाउ-काठमाडौंको चार्टड विमानमा लाखौं असुली, एयरलाइन्स र मन्त्रालयकै मिलेमतो

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मकाउमा अलपत्र परेका नेपालीहरुमध्ये १ सय ४७ जना नेपाल एयरलाइन्सको चार्टड विमानमार्फत भोली स्वदेश फर्कदैछन् ।

    महामारी शुरु भएपछि मकाउ सरकारले हवाई सेवामा रोक लगाएका कारण भोली चार्टड विमानमार्फत नेपालीहरुलाई मकाउबाट सिधै काठमाडौं ल्याउन लागिएको हो ।



    ठूलो आर्थिक चलखेल गरी ग्रेट नेपाल ट्राभल्स एण्ड टुर्सलाई विमान चार्टडको जिम्मा दिइएको छ ।



    नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेल र पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालकै मिलेमतोमा विना प्रतिस्पर्धा लाजिम्पाटमा रहेको ग्रेट नेपाल ट्राभल्स एण्ड टुर्सलाई चार्टडको लागि अनुमति दिइएको हो ।

    ग्रेट नेपाल ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुन्, दामोदर घिमिरे । उनी परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेका भाई हुन् ।

    ग्रेट नेपाललाई विमान चार्टड गराएर कमिसन खानका लागि सबै चाँजोपाँजो मिलाउने काम पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने र नेपाल एयरलाइन्सका कमर्सियल डाइरेक्टर टंकनिधी दाहालले गरेको पर्यटन मन्त्रालय स्रोतको दावी छ ।

    स्रोतका अनुसार मन्त्री र महाप्रवन्धकलाई मिलाएपछि घिमिरेले एजेन्टद्धय तनहुँका रमेश अधिकारी र झापाका मोहन तिमिल्सिनालाई पैसा संकलनको जिम्मा दिएका छन् ।

    यस विषयमा प्रतिक्रिया लिनका लागि नेपाल एयरलाइन्सका महाप्रवन्धक पौडेलसँग पटक–पटक सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

    चार्टड विमानको व्यवस्था र जिम्मा पाएका अधिकारी र तिमिल्सिनाले मनपरी रुपमा पैसा उठाइरहेका छन् । मकाउमा नेपाल एयरलाइन्सको कुनै आधिकारीक एजेन्ट नरहेको र हङकङमा रहेका नेपाल एयरलाइन्सका कर्मचारी कोरोनाका कारण मकाउ आउन सक्ने अवस्था छैन । सोही कारण मनपरी रुपमा पैसा उठाइएको छ ।

    सरकारले हङकङ–नेपालको चार्टड उडानको लागि अमेरिकी डलर ५ सय ५०(हङकङ डलर ४ हजार २ सय) तोके पनि भोली मकाउ–नेपाल आउने चार्टड उडानमा अमेरिकी डलर ७ सय (हङकङ डलर ५ हजार ४ सय) उठाइएको छ । जवकी मकाउ र हङकङ नजिकैका शहर हुन् । बसमा यात्रा गर्दा पनि मकाउबाट हङकङ एक घण्टामा पुगिन्छ ।

    सरकारले तोकेको भाडादर र अहिले उठाइएको रकममा प्रति यात्रु नेपाली रुपैयाँ १८ हजार फरक देखिन्छ ।

    यो हिसाबले भोली नेपाल फर्कन चार्टड उडानबाट मात्रै ग्रेट नेपालले अतिरिक्त २६ लाख ४६ हजार रकम असुलेको पुष्टि हुन्छ । अझै कति यात्रु उक्त रकम तिरेर स्वदेश फर्कने हुन्, र ग्रेटर नेपालले कति रकम असुली गर्न पाउने हो ? अन्यौल नै छ ।

    महावाणिज्य दूताबासको फेसबुक पेजमा ११ जनावरी २०२१ को सूचना अनुसार ग्रेट नेपाल ट्राभल्ल्स एण्ड टुर्स प्रालिमा टिकटको लागि सम्पर्क गर्नु भनिएको छ ।

    तर, नेपाल आउने यात्रुहरुलाई भने ए टु जेट ट्राभल्स एजेन्सी प्रालिको टिकट थमाइएको छ । शुरुमा हातलै लेखेको बील थमाइए पनि यात्रुहरुको आक्रोश र गुनासाका कारण अहिले कम्युटर प्रिन्ट गरिएको बील दिइएको छ ।

    मकाउ जाने विमान १५८ सिट क्षमताको भए पनि १४७ जना यात्रु मात्रै नेपाल फर्कदै छन् । तर, एजेन्ट र ट्राभल्सको मिलेमतोमा १५२ सिटको पैसा उठाइएको छ ।

    अन्तर्राष्ट्रिय उडान भए पनि ७ केजी ह्याण्ड ब्याग तथा २५ केजी लगेज मात्र भनी यात्रुहरुलाई जानकारी गरिएको छ ।

    चर्को शुल्कको कारणले कतिपय नेपालीहरुले फर्कन नसकेको गुनासो गरिरहेका छन् । नेपाल एयरलाइन्स कमिसन र हचुवाको भरमा पहिलो पटक मकाउ आउन लागेको हो ।

    स्रोतका अनुसार यसरी टिकटवापत संकलन गरिएको रकम बैंकमार्फत पठाउँदा आधिकारिकता खोजिने भएकाले उक्त रकम हुण्डीमार्फत नेपाल पठाइएको पाइएको छ ।

    मकाउमा हुण्डी गैरकानुनी मानिन्छ भने यसरी आधिकारिकता विना रकम संकलन गनुलाई पनि गैरकानुनी नै मानिन्छ ।

    त्यसकारण एजेन्टहरु खटाई बैंकमार्फत कारोबार नगरी सिधै हुण्डीमार्फत कारोबार गरिएको स्रोतको दावी छ ।

    जबकी यस अघि नेपाली महावाणिज्य दूतावास हङकङ तथा मकाउले हङकङको क्वारेन्टाइन छुटको व्यवस्था गरी महावाणिज्य दूतावासले हङकङ भिषाको शुल्क तिरेर २७ जुन २०२० मा पहिलो पटक ६३ जना नेपालीहरुलाई नेपाल एयरलाइन्सको चार्टर विमान हङकङ हुँदै स्वदेश फर्काइएको थियो ।

    सरकारले चार्टड शुल्क ५ सय ५० अमेरिकन डलर निर्धारण गरे पनि उक्त समयमा महावाणिज्य दूताबासले ४ सय ५० अमेरिकन डलर (हङकङ डलर ३ हजार ५ सय) भाडा दरमा सोही व्यवस्था र प्रक्रिया गरी महावाणिज्य दूतावासले ९ सेप्टेम्बर २०२० मा ३० जना स्वदेश फर्काएको थियो ।

    जुन बेला नेपाल एयरलाइन्स हङकङ–काठमाडौं नियमित उडानमा हङकङ डलर ४ हजार २ सय भाडा उठाइएको थियो ।

    त्यसैगरी २० अक्टोबर २०२० मा ६३ जना नेपालीहरु स्वदेश फर्काउँदा भाडादर भने ४ हजार ४ सय ५० हङकङ डलर तोकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार