Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • १ लाख डोज कोभिडसिल्ड खोप पर्सि नेपाल आइपुग्ने

    १ लाख डोज कोभिडसिल्ड खोप पर्सि नेपाल आइपुग्ने

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप आउने बिहीबार नेपाल आइपुग्ने भएको छ।

    शुक्रबार आपतकालीन अनुमति पाएको भारतको सेरम कम्पनीले बनाएको कोभिडसिल्ड खोप नेपाल ल्याउने तयारी भएको हो ।



    भारतले अनुदानस्वरूप एक लाख डोज खोप दिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    ‘आएपछि हामीलाई हस्तान्तरण भएको एक हप्तामा हामीले लगाइसक्छौं,’ मन्त्रालय स्रोतले भन्यो।

    एक लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिइने सरकारले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार