Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ‘सिँघम’डिएसपी ढुंगेललाई अर्को आपत, अदालतले माग्यो लुटपाट मुद्दामा एक लाख धरौंटी

    ‘सिँघम’डिएसपी ढुंगेललाई अर्को आपत, अदालतले माग्यो लुटपाट मुद्दामा एक लाख धरौंटी

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको आदेश उल्ट्याउँदै सिँघम डिएसपी कुमोद ढुंगेलसँग  एक लाख धरौंटी माग गरेको छ ।

    डिएसपी ढुंगेलविरुद्ध जिल्ला अदालत काठमाडौंले लुटपाटको मुद्दामा  साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।



    जिल्ला अदालतले साधारण तारेखमा छाडेपछि डिएसपी ढुंगेलको निलम्बन फुकुवा भएको थियो।



    उनी जागिरमा हाजिर भइसकेका छन्। तर उच्च अदालतको आदेशले डिएसपी ढुंगेल पुनः निलम्बन हुने  अवस्थामा छन्।

    सरकारी वकिल कार्यलयले दर्ता गरेको १७ नम्बर निवेदनमाथि उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाउँदै एक लाख रुपैंया धरौटी माग गरेको हो।

    ‘प्रतिवादीलाई अहिले नै अपराधमा कसुरदार छैनन् भन्ने अवस्था मिसिल संलग्न कागजातबाट पुष्टि हुने आधार नभएको’ भन्दै उच्च अदालत पाटनले डिएसपी ढुंगेलसँग गत साता धरौटी माग गरेको हो ।

    जिल्ला अदालतले साधारण तारेखमा छाडेपछि डिएसपी ढुंगेलको निलम्बन फुकुवा भएको थियो। तर, उच्च अदालतको आदेशले डिएसपी ढुंगेल पुनः निलम्बन हुने भएका छन्।

    रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा भएको लुटपाटको घटनामा डिएसपी ढुंगेलको संलग्नता खुलेको थियो। ढुंगेल तत्कालिन समयमा इलाका प्रहरी कार्यालय चन्द्रानिगाहापुर (रौतहट) मा कार्यरतर हेको बेला डकैतीमा संलग्न व्यक्तिसँग फोन सम्पर्कदेखि म्यासेज आदान प्रदानसम्म भएको प्रहरी अनुसन्धानबाट खुलासा भएको थियो।

    डकैती अभियोगमा तत्कालिन पक्राउ परेका विकास श्रेष्ठसँग ढुङ्गेलले पटक–पटक सम्पर्क गरेको देखिएपछि अनुसन्धानको दायरामा तानिएका थिए ।

    महाशाखाको टोलीले ६ वैशाखमा चन्द्रगढी नगरपालिकाका ३८ वर्षीय नवराज तामाङ, ३६ बर्षिय बिक्रम श्रेष्ठ र नुवाकोट बेलकोटगढीका २८ वर्षीय दीपेश भन्ने सन्तबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो।

    उनीहरुले प्रयोग गर्ने बा३च ७१६४ कलेजी रङको ट्याक्सी र बा२ ज ३०६१ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको थियो । उनीहरुले शेरचनकी श्रीमती भानुदेवी शेरचनको घरमा रेखदेख गर्ने मिठु थकालीलाई धारिलो हतियार खुकुरी, रड देखाएर गर गहनासहित ५ लाख लुटेको अनुसन्धानले खुलेपछि कारबाही चलाइएको थियो।

    अपराध महाशाखाले डिएसपी ढुंगेलको संलग्नता देखिएपछि  कारवाहीको सिफारिस गरेको थियो।

    त्यतिखेर धिरजप्रताप सिंह अपराध महाशाखाको प्रमुख थिए भने हालका आईजीपी शैलेश क्षत्री महानगरिय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख थिए । क्षत्रीले प्रहरी प्रधान कार्यालयलाई ढुंगेलमाथि कारवाही गर्न सिफारिस गरेका थिए।

    गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ इन्काउन्टर गरेर ढुंगेल चर्चामा आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार