Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नयाँ होण्डा सिटी नेपालमा, यस्ता छन् बिशेषता

    नयाँ होण्डा सिटी नेपालमा, यस्ता छन् बिशेषता

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। नेपालका लागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिटीको ५ औं जेनरेशनलाई नेपाली बजारमा भित्राएको छ ।

    होण्डा सिटी पहिलो पटक लन्च भएदेखि यसले सेडान कारहरुको बजारमा आफ्नो पृथक पहिचान बश्नाएको छ ।



    आकर्षक डिजाइन भएकोे होण्डा सिटीको यस जेनरेशनको लम्बाई र चौडाई अघिल्लो जेनरेशन भन्दा बढी रहेको छ ।



    होण्डा सोलिड विइङ्ग फेस डिजाइनमा आधारित होण्डा सिटीमा वन् टच् इलेक्ट्रिक सन्रुफ, शार्क फिन् एन्टेना, फुल एल.इ.डी. हेडल्याम्पका साथै ९ एरे इनलाइन शेल इनट्रेग्रेटेड LED डिआरएल,  L आकार LED  टर्न इन्डिकेटर, Z आकार 3D याप एराउण्ड यूनिफर्म LED साइड मार्क लाइट जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् ।

    यसका साथै होण्डा सिटीले पहिलो पटक यस सेग्मेन्टमा एलेक्सा भ्वाईस सर्भिस मार्फत कार उपभोक्ताहरुलाई सामाजिक र डिजिटल संसारसँग जोड्ने छ ।

    उत्कृष्ट माइलेज रहेको होण्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनमा  १८.४ कि.मि. प्रति लिटर र ६ स्पिड म्यानूयल ट्रान्समिसनमा  १७.८ कि.मि. प्रति लिटरको माइलेज प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

    यसका साथै यस सेग्मेन्टमा लेन वाँच क्यामेरा भएको होण्डा सिटी पहिलो सेडान हो, जसले गर्दा  सहज पार्किङ्ग गर्न सकिने छ । I-SRS युक्त ६ एयर ब्याग रहेको यो कार आफ्नो सेग्मेन्टको सबै भन्दा सुरक्षित कार हो ।

    माघ ५ गते धोबिघाट शोरुमबाट होण्डा सिटीको दुई भेरियन्टहरु होण्डा VX CVT र ZX CVT लन्च गरिएको छ । नेपाली बजारमा होण्डा सिटी VX CVT  को मूल्य ६५ लाख ९० हजार र होण्डा सिटी ZX CVT को मूल्य  ६९ लाख ९० हजार तोकिएको कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार