Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ

    बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 2.8K
    SHARES

    सप्तरी । सप्तरीमा बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरबाट प्रहरीले सोमबार बेलुका ४ जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।



    उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार