एजेन्सी । भारतको गुजरातमा सकडको फुटपातमा सुतिरहेका मजुदरलाई ट्रकले किच्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
कोसम्बा भन्ने स्थानमा सडक छेउ फुटपाथमा सुतिरहेका २० मजदुरमाथि गुडिरहेको ट्रक चढेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका बासिन्दा रहेको गुजरात प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार ट्रकले किचेर १२ जनाको घटनास्थलमै मृत्यु भएको हो । गम्भीर ८ घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो। अन्य ६ जना गम्भीर घाइतेको उपचार जारी रहेको छ ।
ट्र्याक्टरसँग प्रतिस्पर्धाको क्रममा ट्रकले सन्तुलन गुमाउँदा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
Leave a Reply