Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ईक्यान शैक्षिक मेला सम्पन्न, ४५ हजार विद्यार्थीद्वारा भर्चुअल भ्रमण

    ईक्यान शैक्षिक मेला सम्पन्न, ४५ हजार विद्यार्थीद्वारा भर्चुअल भ्रमण

    अनलाइन नेपाल
  • सोमबार, ५ माघ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले आयोजना गरेको १४ औँ ईक्यान शैक्षिक मेला सोमबार सम्पन्न भएको छ । शैक्षिक मेलाको ४५ हजारले भर्चुअल रुपमा अवलोकन गरेका छन्।

    शुक्रबारदेखि चार दिनसम्म सञ्चालन भएको मेला सोमबार सम्पन्न भएको हो। समापन कार्यक्रममा मेला संयोजक एवं ईक्यानका प्रथम सचिव वासुदेव दाहालले विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट शैक्षिक परामर्श प्रदान गरिएको मेलामा ४५ हजारभन्दा बढी विद्यार्थी एवं अभिभावकले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा भ्रमण गरेकोे बताए।



    उनले भने, ‘ईक्यान मेला एउटा प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्ने अवसरको रुपमा परामर्श व्यवसायीले लिएका थिए। जसअनुरुप विद्यार्थी र अभिभावकको उल्लेख्य उपस्थितिमा सफलताका साथ मेला सम्पन्न गर्न सक्यौँ।’



    ईक्यान भर्चुअल मेला सम्पन्न गर्न सहयोग गर्ने सबै सरोकारवाला, व्यवसायी, विद्यार्थी एवं अभिभावकलाई धन्यवाद दिँदै ईक्यान अध्यक्ष प्रकाश पाण्डेले विगत चार दिनसम्म सञ्चालन भएको मेलाले विद्यार्थी एवं अभिभावकलाई सुसूचित गर्न सकेको बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार