Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • राष्ट्र बैंकसँग उद्योग वाणिज्य महासंघको ७ बुँदे माग

    राष्ट्र बैंकसँग उद्योग वाणिज्य महासंघको ७ बुँदे माग

    अनलाइन नेपाल
  • सोमबार, ५ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकसँग ७ बुँदे माग राखेको छ । सोमबार महासंघका प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रिक नीतिको कार्यान्वयन लगायतका विषयमा माग राखेका हुन् ।

    भेटका क्रममा कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीति मार्फत घोषणा गरिएका राहत प्याकेजहरू कार्यान्वयनमा धेरै समस्याहरु रहेकोतर्फ ध्यानाकर्षण गराउँदै देहायका विषयहरुलाई तत्काल सम्बोधन गर्न आग्रह गरेको महासंघले जनाएको छ ।



    महासंघले राखेका मागहरु यस्ता छन्



    १. पुष मसान्तसम्म दिइएको कर्जाको सावाँ ब्याज बुझाउने अवधि तीन महिना थप गरी चैत्र मसान्तसम्म पुर्याउनुपर्ने ।

    २. ५० अर्बको छुटै कोष बनाएर व्यवसाय निरन्तरताका लागि दिइने कर्जा बिना कुनै झन्झट उपभोग गर्न पाउने व्यवस्था गर्न राष्ट्र बैंकले भूमिका निर्वाह गर्नुपर्ने । साना तथा मझौला उद्यम लक्षित पुनर्कर्जा लिन बैंकहरुले आनाकानी गरेको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने ।

    ३. बैंक वित्तीय संस्थाले उद्यमी व्यवसायीलाई विभिन्न वहानामा कालोसूचीमा राख्ने गरेकोमा एकतर्फी रुपमा कालोसूचीमा नराख्ने व्यवस्था गरेर प्रभावकारी अनुगमनका गर्नुपर्ने । दुई बर्ष घाटामा गएको ऋणीलाई वाचलिष्टमा राख्ने व्यवस्था पनि हाललाई स्थगित गर्नुपर्ने ।

    ४. बैंकिङ क्षेत्रमा अधिक तरलतालाई उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्न ल्याइएका कार्यक्रमको प्रभावकारी अनुगमन गर्नुपर्ने ।
    ५. परियोजनामा कर्जा प्रवाह गर्ने व्यवस्थाका लागि राष्ट्र बैंकले पहल गर्नुपर्ने । यसबारे महासंघले विस्तृत अध्ययन गरी राष्ट्र बैंकलाई प्रतिवेदन बुझाउने ।

    ६. अनलाइन भुक्तानीको सीमा बढाउनुपर्ने । सरकारी राजस्व, दस्तुर सेवा शुल्क अनिवार्य रुपमा अनलाइन भुक्तानीका लागि महासंघसँग सहकार्य गर्न आग्रह ।

    ७. क्रेडिट रेटिङको व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार