Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • माघ १६ पछि आमहड्ताल गर्छौं : प्रचण्ड

    माघ १६ पछि आमहड्ताल गर्छौं : प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ५ माघ २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि प्रदर्शनको स्वरूप फेर्दै कडा आन्दोलन गर्ने बताएका छन्।

    अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै उनले आगामी माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिए । त्यसका लागि तयारीमा लाग्न पनि प्रचण्डले नेता–कार्यकर्तालाई निर्देशन दिए ।



    सोमबार आफू निकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको मात्र नभइ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रकै विघटन गरेको आरोप लगाए ।



    ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको होइन, त्यो अधिकार पनि उहाँलाई छैन । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको हो । त्यसकारकारण आन्दोलनको विकल्प छैन । ढिलो गर्न पनि हुँदैन । जनताको अदालत सवैभन्दा माथि हुन्छ’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार