Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रचण्ड-माधब समूहका कार्यकर्ताले ओली समुहका वडाअध्यक्षको टाउको फुटाइदिए

    प्रचण्ड-माधब समूहका कार्यकर्ताले ओली समुहका वडाअध्यक्षको टाउको फुटाइदिए

    अनलाइन नेपाल
  • सोमबार, ५ माघ २०७७
  • 2.1K
    SHARES

    हुम्ला । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहले हुम्लाका एक वडाध्यक्षकाे टाउकाे फुटाइदिएका छन् ।

    अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रंग थापालाई प्रचण्ड–माधव समूहले आक्रमण गरेर घाइते बनाएका हुन् । वडाध्यक्ष थापा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा निकटका हुन् ।



    वडा नम्बर १ को कल्ख्यामा ओली समूहले वडा कमिटी गठन गरेपछि वडाध्यक्ष थापासहितको समूहमाथि प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले आक्रमण गरेको जनाइएको छ ।



    वडा कमिटी गठन गरेर फर्कने क्रममा आइतबार बाटोमा ढुकेर बसेका प्रचण्ड–माधव समूहका कार्यकर्ताले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार