Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एम्बुलेन्स र अटो ठोकिँदा दुईको निधन

झापा । दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

बिहान करीब ९ः४५ बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077