Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • दुई एसपीमाथि छानविन, जुवाको पैसा खानेदेखि ज्यान मुद्दामा आर्थिक चलखेल

    दुई एसपीमाथि छानविन, जुवाको पैसा खानेदेखि ज्यान मुद्दामा आर्थिक चलखेल

    अनलाइन नेपाल
  • सोमबार, ५ माघ २०७७
  • 12.9K
    SHARES

    काठमाडौं।  प्रहरी प्रधान कार्यालयले आर्थिक अनियमिततामा मुछिएका दुई जिल्लाका प्रहरी प्रमुखमाथि छानविन गर्न प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी  सुरेन्द्रबहादुर गुरुङले जुवाको पैसा नै लुकाएको खुलासा भएको छ ।



    एसपी गुरुङले तिहारको समयमा जुवाखालबाट बरामद  झण्डै एक लाख २० हजार रुपैयाँ लामो समयसम्म राजस्वमा दाखिला नगराएपछि उनको बदनियत बाहिर आएको हो।



    गत कात्तिकमा गोरखाका विभिन्न प्रहरी चौकीले बरामद गरेको रकम एकमुष्ट रूपमा जिल्ला प्रहरी कार्यालयमा पठाएका थिए ।

    इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले बरामद गरि पठाएको झण्डै ५० हजार र इलाका प्रहरी कार्यालय जौबारीले बरामद गरेको झण्डै ७० हजार रुपैयाँ राजस्वमा जम्मा भएको छैन ।

    यस विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको वताइएको छ ।

    एसपी गुरुङले पक्राउ परेकालाई समेत मुद्दा नचलाई आर्थिक चलखेल गरेर छाडेको समेत खुलेको छ ।

    शैलेश थापा आईजीपी बनेपछि प्रहरी प्रधान कार्यालयले आर्थिक लेनदेनमा संलग्न प्रहरीमाथि कारबाही गर्दै  आएको छ।

    गत साता सवारी ज्यान मुद्दाको केस मिलाइदिने भन्दै १५ हजार रुपैयाँ घूस लिएको कसुरमा महानगरीय प्रहरी वृत्त थानकोटका निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा परिसर तानिएका थिए ।

    त्यस्तै,मदिराले मात्तिएर चलाएको गाडीले पैदल यात्रुलाई ठक्कर दिएर हत्या गर्ने चालकलाई उन्मुक्ति दिन लागेको खबर सार्वजनिक भएपछि रुपेन्देहीका एसपी प्रबिण पोखरेलमाथि पनि छानविन थाल्न प्रहरी प्रधान कार्यालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।

    पुस १७ गते लतिलोत्तमा नगरपालिका २ जानकीनगरमा मादक पदार्थ सेवन गरी गाडी हाँकेका प्रबिण शाक्यले पैदल हिंडिरहेका २४ बर्षीय महेन्द्र मरासिनीलाई ठक्कर दिँदा मरासिनीको मृत्‍यु भएको थियो।

    तर,शाक्यलाई उन्मुक्ति दिन मुद्दा कमजोर बनाएर पेश गर्न  एसपी पोखरेलले  इलाका प्रहरी कार्यालय बुटवललाई दबाब दिएका थिए ।

    शाक्यलाई कर्तब्य ज्यानमा मुद्दा नचलाई सवारी ज्यानमा मुद्दा चलाएर उन्मुक्ति दिन खोजिएको पीडित पक्षले कुरा उठाएका थिए।

    एसपी पोखरेलले शाक्यसँग आर्थिक चलखेल गरी नक्कली बिरामी बनाएर  प्रहरी हिरासतमा नराखी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  भर्ना गराएको पनि खुलेको थियो ।

    शाक्यले अस्पतालमै बसेर प्रहरी, सरकारी वकिल र अदालत सेटिङ गरी तत्कालै छुट्ने तानाबाना बुनेका छन् । अस्पतालबाटै उनले निर्वाधरुपमा मोवाइल चलाउने सुविधा पाएका छन् ।

    लुम्बिनी प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्रबहादुर धानुकले घटनाका बारेमा बुझ्ने काम भइरहेको वताए।

    उनले प्रहरी प्रधान कार्यालयले पत्र पठाएको स्वीकार गर्दै लापरबाही भएको छ भने कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार