Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • इन्टर मिलानसँग युभेन्टसको हार

    इन्टर मिलानसँग युभेन्टसको हार

    अनलाइन नेपाल
  • सोमबार, ५ माघ २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले युभेन्टसलाई पराजित गरेको छ । घरेलु मैदानमा इन्टरले युभेन्टसमाथि २–० को जित निकालेको हो ।

    इन्टरको जितमा आर्टुरो भिडाल र निको बरेल्लाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । मिलानो इटालीमा आइतबार राति भएको खेलको १२औं मिनेटमा भिडालको गोलबाट घरेलु टोलीले १–० को अग्रता बनाएको थियो । उनले निकोलो बरेल्लाको पासमा गोल गरेका थिए ।



    ५२औं मिनेटमा बरेल्लाले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । उनले एलेसान्द्रो बास्टोनीको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर २–० ले विजयी हुन सफल भयो ।



    युभेन्टसले अग्रपङ्तिमा क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटालाई खेलाएपनि उनीहरुको प्रदर्शन फितलो बन्यो । सिरी ‘ए’ मा युभेन्टसको यो दोस्रो हार हो ।

    युभेन्टसमाथिको जितसँगै इन्टरले शीर्षस्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ । इन्टरको १८ खेलबाट ४० अंक पुगेको छ । एक खेल कम खेलेको मिलानको पनि ४० अंक छ । पराजित युभेन्टस १७ खेलबाट ३३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

    यस्तै सिरी ‘ए’ को अर्काे खेलमा नेपोलीले फियोरेन्टिनामाथि ६–० को सानदार जित निकालेको छ ।नेपोलीको जितमा लोरेन्जो इन्सिग्नेले दुई तथा डिएगो डिम्मी, हिर्भिङ लोजानो, पिओटर जिलेन्स्की र माटियो पोलिटानोले समान एक गोल गरे ।

    यो जितसँगै नेपोली १७ खेलबाट ३४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित फियोरेन्टिना १८ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार