Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एचआइभी एड्सबाट १६ वर्षीय किशोरीको मृत्यु

    एचआइभी एड्सबाट १६ वर्षीय किशोरीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ५ माघ २०७७
  • 1.7K
    SHARES

    काठमाडौँ । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ ।

    राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए ।



    एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । नौ वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताए ।



    उनका अनुसार विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार