Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • फुटबल एकेडेमी सञ्चालन गर्दै नेपाल प्रहरी

    फुटबल एकेडेमी सञ्चालन गर्दै नेपाल प्रहरी

    अनलाइन नेपाल
  • आइतबार, ४ माघ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच आइतबार भएको सम्झौता अनुसार काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलमा एकेडेमी सञ्चालन गर्ने भएको हो ।

    प्रहरी महानिरिक्षक शैलेश थापाको उपस्थितिमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रहरी अतिरिक्त महानिरिक्षक निरजबहादुर सिंहबीच नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।





    सहमति अनुसार पुलिस स्कुलमा २१ जनालाई एकेडेमीमा राखिनेछ । जसमा पुलिस स्कुलले ७, एन्फाले देशभरबाट छनोट गर्ने ७ खेलाडी छनोट गर्नेछ ।

    पुलिसले ७ र एन्फाले ७ खेलाडीको सम्पूर्ण खर्च बेहोर्ने बताइएको छ । बाँकी ७ जनाले तोकिएको शुल्कसहित एकेडेमीमा बस्न पाउनेछन् । एन्फाले एकेडेमी सञ्चालनका लागि प्राविधिक सहयोग गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार