Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चोरी मुद्दामा ५८ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

    चोरी मुद्दामा ५८ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ माघ २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ । चोरी मुद्दामा ५८ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका ५ घर भइ हाल काठमाडौँ बौद्द बस्ने ४१ वर्षीय दिपक श्रेष्ठ रहेका छन्।



    प्रहरीले श्रेष्ठलाई १५ वर्षपछि पक्राउ गरेको हो।



    नवराज न्यौपाने सहित १० जनाको फरक(फरक जाहेरी परेको १० वटा चोरी मुद्दामा काठमाडौँ जिल्ला अदालतले श्रेष्ठलाई ५८ वर्ष कैद सजाय तोकेको थियो।

    अपराध महाशाखाबाट खटिएको विशेष टोलीले शनिबार काठमाडौँ बौद्धबाट पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार