Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पैसाको लागि सामूहिक बलात्कारको नाटक, युवती पक्राउ

    पैसाको लागि सामूहिक बलात्कारको नाटक, युवती पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ माघ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । तीन दिनअघि आफू सामूहिक बलात्कार परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष रोइकराइ गरिन् ।

    उनले आफूलाई रातभरि पाँच जनाले बलात्कार गरेको प्रहरीलाई बताएकी थिइन् । युवतीको उजुरीपछि प्रहरी पीडकको खोजीमा लाग्यो । तर कतैबाट पनि बलात्कार भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको युवतीलाई नै पक्राउ गरेको छ ।



    प्रहरीले अनुसन्धानकै क्रममा झुटो बलात्कार ठहर गर्दै पीडित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र बलात्कारको नाटक गर्ने युवतीलाई पक्राउ गरेको हो । उनीहरुमाथि जबरजस्ती करणीसम्बन्धी कसुरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरेको रौतहट प्रहरीले जनाएको छ ।



    युवती पुस २८ गते इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन् । इलाकाले मुद्दा गम्भीर भएको भन्दै जिल्ला प्रहरमिा पीडितलाई पठायो ।’म ओखलढुंगाबाट काठमाडौँ जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रियो । बाटोमा बसिरहेका बेला ५ जना व्यक्तिहरुले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुर ल्याए । अनि दुई तले घरमा लगेर रातपर बलात्कार गरे,’ उनले प्रहरीलाई बताएकी थिइन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार