Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • योगेशप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने – बैगुनी केटाकेटीको के कुरा गर्नु ?

    योगेशप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने – बैगुनी केटाकेटीको के कुरा गर्नु ?

    अनलाइन नेपाल
  • शनिबार, ३ माघ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफैले मन्त्री बनाएका योगेश भट्टराईलाई केटाकेटीको संज्ञा दिएका छन् ।

    शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन ओलीले भने–‘म वैगुनी केटाकेटीको कुरा गर्न चाहन्न । प्रदेश नं. १ मा पनि त्यस्ता देखिएका छन् । दौडी दौडीकन गएर भोट मागेर यो केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाइदिन्छु भने । मन्त्री बनाएर … गरियो गरियो । एक दिन त पुक्क लात्ताले हानेर भाग्यो । को भनेर यसो हेरेका त उहि केटो ।’



    आफ्नो पार्टीमा युवाहरुको कुनै कमी नभएको भन्दै प्रधानमन्त्री ओलीले यस्ता झिना मसिना कुरामा आफूहरु नअल्झिने बताए । सम्बोधनका क्रममा ओलीले युवाहरुलाई अझै अरु युवाहरुलाई पनि समेट्न आग्रह गरे ।



    प्रतिनिधिसभाको निर्वाचनमा ओली तेह्रथुम पुगी योगेशलाई जिताउन आग्रह गरेका थिए। ओलीले त्यसबेला योगेशलाई मन्त्री बनाएर पठाउने प्रतिवबद्धतासमेत जनाएका थिए। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै योगेशले मन्त्री पदबाट राजीनामा दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार