Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रचण्ड र नेपाललाई कता कता चिन्थे तर अहिले विर्सिएँ : नेम्वाङ

    प्रचण्ड र नेपाललाई कता कता चिन्थे तर अहिले विर्सिएँ : नेम्वाङ

    अनलाइन नेपाल
  • शनिबार, ३ माघ २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई कता कता चिनेको तर अहिले विर्सिएको भन्दै ब्यङ्ग्य गरेका छन् ।

    शनिबार काठमाडौंको तीनकुनेमा आयोजित नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेम्वाङले प्रचण्ड र नेपालले प्रतिक्षी दलको नेतालाई भेटेर संसद् पुनर्स्थापनापछि तपाईंलाई प्रधानमन्त्री बनाउँछु भनेकोप्रति व्यङ्ग्य गर्दै यस्तो टिप्पणी गरेका हुन् ।



    केपी ओलीलाई अस्वीकार गरेर के गर्न खोजेको भन्दै प्रचण्ड र नेपालमाथि प्रश्न गर्दै उनले भने–‘अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक पार्टी हो ।’



    उनले नेकपाको अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेल भएको भएको दोहो¥याए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वङले भने–‘सञ्चार माध्यमले एउटा समाचार ल्यायो । दुई नेताले भेटेर प्रतिपक्षी साथीलाई पुनर्स्थापित संसदको प्रधानमन्त्री तपाईंलाई नै बनाउँछौँ भनेर भने रे ! मलाई यो कुरामा विश्वास छैन । फलानो फलानो जानुभयो भनेर साथीहरुले नक्सा पनि देखाउनु भयो । कताकता चिने जस्तो लाग्यो तर अहिले बिर्सिए’ ।’

    नेकपा प्रचण्ड–नेपाल समूहले अध्यक्ष ओलीलाई कारबाही गरेकोप्रति आपत्ति जनाउँदै नेम्वाङले आफ्नो पार्टीले दोस्रा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल कसैलाई पनि हामीले कारबाही गरेर ननिकालेको र आफूहरु पार्टी एकताको पक्षमा रहेको पनि बताए ।

    नेपालप्रति लक्षित गर्दै नेम्वाङले भने–‘केपी कमरेडलाई कारबाही गरेर आफैँ अध्यक्ष हुनुभयो रे ! । मैले नाम बिर्सिए । केही अगाडि केपी कमरेडसँग निर्वाचनमा हार्नु भएको थियो रे ! अहिले उहाँलाई निकालेर अध्यक्ष हुनुभयो रे ! कस्तो सजिलो रहेछ प्रक्रिया मलाई थाहै थिएन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार