Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • उमेरले छोरी समानकी मिस मंगोलसँग लगनगाँठो कस्दै मुख्यमन्त्री राई

    उमेरले छोरी समानकी मिस मंगोलसँग लगनगाँठो कस्दै मुख्यमन्त्री राई

    अनलाइन नेपाल
  • शनिबार, ३ माघ २०७७
  • 4K
    SHARES

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माघ ११ गते विवाह गर्ने भएका छन् ।

    स्रोतका अनुसार मुख्यमन्त्री राईले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिहे गर्दैछन्। उमेरले ज्याङ्मु राईभन्दा धेरै कान्छी हुन् ।



    मुख्यमन्त्री राईले पाँच दशक पार गरिसकेका छन् भने ज्याङ्मु तीस पनि पुगेकी छैनन् ।



    ज्याङ्मु र मुख्यमन्त्री राई एक बर्षदेखि प्रेममा रहेको पनि स्रोतको दावी छ ।

    ज्याङ्मु मिस मंगोल नेपाल–२०१८ उपाधि जितेसँगै चर्चामा आएकी थिइन्।

    आफ्नै दलका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेर राजनीतिक तनाव दिइरहेका बेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले व्यक्तिगत जीवनलाई नयाँ मोड दिने भएका हुन्।

    ७ माघका लागि प्रदेश सभा डाकेका उनको पद रहने नरहने भन्ने टुंगो नभए पनि बिहेको टुंगो लागेको छ। मुख्यमन्त्री राईले बिहे गर्न लागेको सचिवालयले जनाएको हाे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार