Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली शब्दकोषमा भेटिने तुच्छ शब्दहरू ओलीका लागि प्रयोग गर्दा फरक पर्दैन : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताका लागि गर्ने भनेको प्रयास सम्भव नरहेको ठोकुवा गरेका छन् ।

पार्टी एकताको प्रयासमा लागेका नेता बामदेव गौतमप्रति लक्षित गर्दै अध्यक्ष अब फेरि केपी ओलीसँग एकता सम्भव नरहेको स्पष्ट पार्दै नेपालले भने–‘उहाँले नेकपा एकताको लागि गर्ने प्रयास भनेको असम्भव कुरा हो । त्यो भनेको बालुवाबाट तेल निकाल्न खोज्नुभन्दा अर्कौ हुने छैन।’

प्रधानमन्त्री ओलीकै कारण पार्टी विभाजन भएको भन्दै उनले ओली बिध्वंसको अर्कौ रूप भएको दोषारोपण गरे। उनले भने–‘नेपाली शब्दकोषमा भेटिने जति पनि तुच्छ शब्दहरू छन्, ती सबै ओलीका लागि प्रयोग गर्दा फरक पर्दैन ।’

शनिबार दाङको घोराहीमा प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले लोकतन्त्र जोगाउन नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको बताए ।

लोकतन्त्र रक्षाको लागि लामो समयदेखि संघर्षरत नेपाली कांग्रेस अब फेरि लोकतन्त्र जोगाउने जिम्मेवारीमा अग्रसर हुने उनको भनाई थियो ।

कार्यक्रममा नेपालले भने–‘लोकतन्त्र जोगाउने जिम्मेवारी फेरि पनि कांग्रेस र हाम्रो काँधमा आएको छ । त्यसका लागि कांग्रेससँग कुरा भइसकेको छ र अन्य दलसँग पनि संयुक्त आन्दोलनको लागि वार्ताको तयारी भइरहेको छ।’

उनले कांग्रेस सभापति देउवासँगको भेटपछि आन्दोलन बारे कांग्रेस सकारात्मक रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077