Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटवार्ता उल्लेखनिय भएको भारतीय रक्षामन्त्रीको दावी

    परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटवार्ता उल्लेखनिय भएको भारतीय रक्षामन्त्रीको दावी

    अनलाइन नेपाल
  • शनिबार, ३ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । भारतको तीनदिने भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

    परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री सिंहसँग भेटावार्ता गरेका हुन् ।



    भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य सहभागी थिए ।



    परराष्ट्रमन्त्री ज्ञवाली रक्षामन्त्री सिंहलाई भेट्न नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवास पुगेका थिए ।

    भेटवार्ताप्छि भेटका तस्बिरहरु ट्विटरमा राख्दै भारतीय रक्षामन्त्री सिंहले परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेट उल्लेखनीय भएको बताएका छन् ।

    सिंहले ट्वीटरमा लेखेका छन्–‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत–नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।’

    स्मरण रहोस्, रक्षामन्त्री सिंहकै कारण नेपाल र भारतबीचको सिमा विवात उत्कर्षमा पुगेको थियो ।

    रक्षामन्त्री सिंहले गत वैशाख २६ गते नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेपछि नेपाल–भारत सम्बन्धमा तिक्तता देखिएको थियो ।

    त्यसलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली भूमिमा आफ्ना सबै गतिविधि रोक्न भारतलाई आग्रह गरेको थियो भने राजदूतमार्फत कूटनीतिक नोट दिएर अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको थियो ।

    त्यसको केही समय पछि अर्थात असार १ गते उत्तराखण्ड जनसंवादलाई सम्बोधन गर्दै सिंहले धार्चुला–लिपुलेक–मानसरोवर सडकबारे नेपालमा असमझदारी सिर्जना भएको र वार्ताबाटै नेपाल–भारतबीच देखिएका सीमा विवाद हल गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका थिए ।

    शनिबार बिहान भारतीय पत्रकारहरुसँग अन्तरक्रिया गरेका उनले नेपालले सुगौली सन्धिलगायत एतिहासिक प्रमाण का आधारमा नयाँ नक्सा प्रकाशित गरेको दाबी गरेका थिए ।

    मन्त्री ज्ञवाली आजै अपरान्ह नेपाल वायु सेवा निगमको विमान बाट स्वदेश फर्कने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार