Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • कोरोनाविरुद्धकाे भारतीय खोप ‘कोभासिल्ड’ लाई नेपालमा अनुमति

    कोरोनाविरुद्धकाे भारतीय खोप ‘कोभासिल्ड’ लाई नेपालमा अनुमति

    अनलाइन नेपाल
  • शनिबार, ३ माघ २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल सरकारले भारतमा उत्पादन भएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धकाे खोपलाई अनुमति दिने निर्णय गरेको छ ।

    अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनाकासँगको सहकार्यमा भारतको सेरम इन्सिच्युटले उत्पादन गरेको कोरोना खोपलाई नेपालले प्रयोग अनुमति दिइएको हो ।



    सेरमले निर्माण गरेको ‘कोभासिल्ड’ खोपलाई नेपालमा आपत्कालीन प्रयोग गर्न औषधि व्यवस्था विभागले शुक्रबार अनुमति दिएको हो।



    विभागको यो निर्णयले ‘कोभासिल्ड’ खोप कोभिड–१९ विरुद्ध नेपालमा प्रयोग अनुमति प्राप्त गर्ने पहिलो खोप बनेको छ।

    विभागका प्रवक्ता तथा वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले खोप खरिद प्रक्रिया अगाडि बढाउन आपत्कालीन प्रयोग अनुमति आवश्यक रहेकाले उक्त खोपलाई अनुमोदन गरिएको जानकारी गराएका हुन् ।

    विभागले बुधबार एक सूचना प्रकाशन गरी विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको नियामक निकायले दर्ता गरेका वा त्यस्ता निकायले अनुमति प्रदान गरेका खोपको उत्पादक सूचीकरण र खोपको आपत्कालीन प्रयोगको दर्ता गर्ने प्रयोजनका लागि’ सम्बन्धित उत्पादक तथा आयातकर्तालाई विभागमा आवेदन दिन आह्वान गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार