Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • २२० जनाको सम्पत्ति छानबिन, नेतादेखि व्यवसायीसम्म

    २२० जनाको सम्पत्ति छानबिन, नेतादेखि व्यवसायीसम्म

    अनलाइन नेपाल
  • शनिबार, ३ माघ २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिन गरिरहेको छ।

    पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलगायत छन्।



    उनीहरूले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केही मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ।



    १ हजार ३ सय उजुरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकृत सुशीलप्रसाद आचार्यले जनाए। स्थापनाको पाँच वर्षमा विभागले ६६ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ।

    ६ अर्ब ८ करोड ५६ हजार २ सय ७९ बिगो कायम गरेर मुद्दा दायर गरेको पाइएको छ। चालु वर्षको पहिलो ६ महिनामा पाँचवटा मुद्दा विशेष अदालतमा दायर गरिएको छ। ती मुद्दामा २३ करोड ७० लाख ५२ हजार ६८२ बिगो माग दाबी गरिएको छ। ०७६र७७ मा १० वटा मुद्दा दायर गरिएको विभागले जनाएको छ।

    जसबाट ३ अर्ब ६२ करोड २७ लाख ७३ हजार ३७३ बिगो मागिएको छ। ०७५र७६ मा ९ मुद्दा दायर गरिएको थियो। जसको ५१ करोड ५८ लाख ६२ हजार ५७३ बिगो कायम गरिएको थियो।

    ०७४र७५ मा ४ मुद्दा दायर गर्दै ५८ करोड २ लाख २३ हजार ८११ रुपैयाँ बिगो मागिएको थियो।

    स्थाअर्थ मन्त्रालयअन्तर्गतको विभाग प्रधानमन्त्री मातहत गएसँगै यसप्रति चासो बढेको देखिएको छ।अन्नपूर्ण पोस्टमा खबर छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार