Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभा विघटन अवैधानिक भएको ओलीले स्वीकारिसके : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन अवैधानिक भएको स्वीकार गरेको बताएका छन् ।

प्रधाननन्त्री ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले अब विरोध प्रदर्शनमा उत्रनु पर्ने कांग्रेस नेता पौडेलको भनाइ छ ।

‘प्रधानमन्त्री केपी ओली आफैं भनिरहेका छन्, यो विधानको कुरा होइन । यो त राजनीतिक निर्णय हो भनेको हुनाले वैधानिक काम छैन भन्ने कुरा आफैंले कबुल गरेका छन् । स्वीकार गरेका छन्’, पौडेलले भने ।

सर्वोच्च अदालतसम्म जनताको आवाज पुर्याउन डटेर प्रदर्शनमा उत्रन पौडेलले आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077