Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सभापति देउवा भन्छन् – अदालतलाई सडकबाट प्रभावित नगरौं

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकबाट अदालतको निर्णय प्रक्रियालाई प्रभावित गर्न नहुने बताएका छन् ।

पर्वतको शंकरपोखरीमा आयोजीत एक कार्यक्रममा सभापति देउवाले संसद विघटन सम्बन्धि मुद्धालाई सडकबाट प्रभावित गर्न नहुने बताएका हुन् ।

संसद विघटन गर्नु गल्ती भएपनि अदालतले दिने निर्णय कांग्रेसले स्विकार गर्ने देउवाको भनाई थियो । उनले सडकबाट नै माग पुरा गराउने हो भने, अदालतको औचित्य सकिने समेत बताए ।

विचारधिन मुद्धामा सडकमा निस्केर यस्तो निर्णय गर भन्नु लोकतन्त्रको मर्म विपरित रहेको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077