Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सामूहिक बलात्कार आरोपी पक्राउ

    सामूहिक बलात्कार आरोपी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ माघ २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सामूहिक बलात्कार गरेको आरोप लागेका फरार आरोपी पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बैतडीको पञ्चेश्वर गाउँपालिका-४ का धर्मेन्द्र चन्दलाई पक्राउ गरेको हो ।

    बैतडीको पञ्चेश्वर गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरि फरार रहेका भनिएका चन्दलाई कञ्चनपुर भिमदत्त नगरपालिका ऐटपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) अमरबहादुर थापा क्षेत्रीले बताए ।



    चन्दलाई पक्राउ गरी बैतडी पठाइसकिएको डिएसपी क्षेत्रीले बताए। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक (डिएसपी)  नारायणप्रसाद अधिकारीका अनुसार सामूहिक बलात्कारमा संलग्न पञ्चेश्वर गाउँपालिका-४ का २३ वर्षीय प्रविन चन्दलाई पक्राउ गरिसकेको छ ।



    डिएसपी अधिकारीका अनुसार मंसिर र पुषमा पीडित युवतीमाथि पटक पटक बलात्कार भएको भन्दै उजूरी परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार