Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रहरीमा मुद्दा मिलाइदिने भन्दै पीडितसँग ९० हजार रुपैया माग्ने पक्राउ

    प्रहरीमा मुद्दा मिलाइदिने भन्दै पीडितसँग ९० हजार रुपैया माग्ने पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ माघ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं। महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले मुद्दा मिलाइदिने भन्दै नब्बे हजार रूपैया  माग्ग्ने एक जनालाई पक्राउ गरेको छ।

    मकवानपुर घर भएका बर्ष ३९ को चन्द्र लामा भन्ने बुद्दी वहादुर घलानले अनुसन्धानको क्रममा रहेको एक मुद्दा मिलाईदिन्छु भन्दै पीडित पक्षसँग बार्गेनिङ गरेपछि उनलाई स्वयम्भुबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ। लामा उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भैरहेको छ ।



    त्यस्तै, महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले नागढुंगास्थित चेकप्वाईन्टमा चेकजाँचकको क्रममा  लागु औषध सहित १ सिन्धुपाल्चोक घर भएका उमेश गहतराजलाई पक्राउ गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार