Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अन्तरबैंक एटीएम प्रयोगमा आजदेखि शुल्क लाग्ने

    अन्तरबैंक एटीएम प्रयोगमा आजदेखि शुल्क लाग्ने

    अनलाइन नेपाल
  • बिहिबार, १ माघ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । एउटा बैंकको कार्ड र अर्को बैंकको बुथ प्रयोग गरेर गरिने (अन्तरबैंक) एटीएम कारोबारमा आजदेखि शुल्क लाग्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकले भदौ १४ गतेदेखि लागु हुनेगरी निःशुल्क गरेको सो सेवा प्रयोगबापत आजदेखि शुल्क लिन पाउने व्यवस्था गरेको हो ।



    राष्ट्र बैंकको परिपत्र अनुसार अब बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउनेछन् ।



    महिनाको २ पटकसम्म हुने कारोबारका हकमा भने यस्तो सेवा निःशुल्क गर्नुपर्ने बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र छ ।

    राष्ट्र बैंकले शुल्क लिन पाउने व्यवस्था गरे पनि केही बैंकहरुले भने सेवामा शुल्क नलिने तयारी गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार