Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानमन्त्रीको सहभागितामा मनाइयो योग दिवस

    प्रधानमन्त्रीको सहभागितामा मनाइयो योग दिवस

    अनलाइन नेपाल
  • बिहिबार, १ माघ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा बालुवाटारमा आज योग दिवस मनाइएको छ ।

    ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवस मनाइएको हाे।



    कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए । त्यस्तै योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए ।



    योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताए । योगगुरु डा. हरिप्रसाद पोखरेलले नेपालले नेपाल योगको जननी भएकाले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा भारतले भन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने बताए ।

    नेपालमा वि.सं. २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार