काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारले प्रहार गरिरहेकाे बताएका छन् ।
माघ १ गते पर्ने विभिन्न पर्वहरुको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको आपसी एकताबाट पैदा भएको सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन भएकाे हाे तर, नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको उनकाे भनाइ छ ।
‘थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघेसङ्क्रान्तिको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरु माझ हर्षोल्लासपूर्ण मनाउन आग्रह पनि गर्दछौं ।’
नेपाली समाजका आफ्नै मौलिक परम्परा र संस्कृति रहेका उल्लेख गर्दै उनले भनेका छन्, ‘विभिन्न भू–भागमा छरिएर रहेका समुदायका यस्ता चाडपर्वहरु राष्ट्रको समुच्च मौलिक पहिचान हो ।’
Leave a Reply