Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • जनतामा जाँदा कसरी लोकतन्त्रमा समस्या पर्छ ? : मन्त्री नेम्वाङ

    जनतामा जाँदा कसरी लोकतन्त्रमा समस्या पर्छ ? : मन्त्री नेम्वाङ

    अनलाइन नेपाल
  • बिहिबार, १ माघ २०७७
  • 2.8K
    SHARES

    पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताएका छन् ।

    पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरिएको उनको भनाइ छ ।



    फिदिम नगरपालिकाको आठौँ नगरसभाको बुधबार उद्घाटन गर्दै उनले प्रतिनिधिसभामा ६४ प्रतिशत मत रहे पनि सरकार सबैतिरबाट अप्ठ्यारोमा परेपछि जनतामा जाने विकल्प रोजिएको जानकारी दिए । “पार्टीभित्रैबाट सरकारलाई चल्न नदिने अवस्था आएपछि मुलुकलाई जकट्याएर राख्नुहुन्छ ?”, उनले प्रश्न गरे, “पार्टीबाट उत्पन्न गरिएका समस्या सरकारले कहाँ राख्ने ? त्यसैले जनतामा जानुपरेको हो ।”



    अभिमत लिन जनतामा जाने कुराभन्दा वैधानिक र लोकतान्त्रिक काम अरु हुन नसक्ने जनाउँदै मन्त्री नेम्वाङले निर्वाचनमा जाने कामले कसरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समस्यामा पा-यो भन्दै प्रश्न गरे । “मुलुक डुब्ने, प्रतिगमन हुने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्नेजस्ता भ्रमले निर्वाचन रोकिदैन,”

    नगरसभामा नगर उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले नगरपालिकाको गत आर्थिक वर्षको समीक्षासहित चालु आर्थिक वर्षको संशोधित बजेट प्रस्तुत गरिन् । उनले रु ८६ करोड ६३ लाख ५२ हजार ७३१ को संशोधित बजेट नगरसभामा प्रस्तुत गरेकी हुन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार