Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • जसपा फुटाउन ओलीको चलखेल , महतोलाई नेकपामा भित्र्याउँदै

    जसपा फुटाउन ओलीको चलखेल , महतोलाई नेकपामा भित्र्याउँदै

    अनलाइन नेपाल
  • बिहिबार, १ माघ २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । व्यक्तिगत स्वार्थका कारण संसद विघटन भएपछि सबैभन्दा भाँडभैलो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको छ ।

    नेकपा विभाजित हुन सकेको छैन । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग रिसाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले अर्को गुट चलाउन थालेका छन् ।



    ओली नेतृत्वको नेकपाले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय कब्जा गरेर बसेको छ । प्रचण्ड–माधव नेतृत्वको नेकपाले पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बैठकहरू गर्दै आएको छ ।
    नेकपा फुट्नका लागि निर्वाचन कानूनले दिएको छैन ।



    प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा पार्टीलाई अध्यावधि गरिएको पत्र पठाएर जानकारी गराएका छन् । ओलीले पार्टी विभाजन भएको जानकारी आयोगलाई दिएका छैनन् । उनले कुनै पनि नेतालाई कारबाही गरेका छैनन् ।

    ओलीको रणनीति चाल पाएका प्रचण्ड–माधव समूहले नेकपामा आफूहरू अधिकारिकताका लागि माग दाबी गरेका छैनन् । कानूनअनुसार ओली बलियो अवस्थामा छन् । राजनीतिक र संख्याको आधारमा हेर्ने हो भने प्रचण्ड–माधव समूह बलियो देखिन्छ । आयोगलाई यस्तो अवस्थामा नेकपा ओली समूह वा प्रचण्ड–माधव समूह कस्को हो भनेर फैसला सुनाउन समस्या भएको छ ।

    नेकपा नफुटेपछि केही महिनापछि नेकपा एकीकृत हुने सम्भावना ठूलो छ । अहिले एकअर्कालाई दोष दिइएपनि नेकपामा दुबै पक्षले पार्टीमा एकले अर्कालाई हटाएको छैन । नेकपालाई मिलाउन दुबै समूहका दोस्रो तहका नेताहरूले भूमिका खेलिरहेका छन् । छलफलहरू बाक्लै भएपनि कुरा मिलेको छैन ।

    उता, प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको एउटा समूहलाई भित्र्याउन खोजेका छन् । हालै मात्रै जसपाका दुई जना केन्द्रीय सदस्यलाई ओलीले नेकपामा स्वागत गरिसकेका छन् ।

    स्रोतका अनुसार जसपाका नेता राजेन्द्र महतोलाई नेकपामा भित्र्याउन ओलीले ठूलो प्रयास गरेका छन् । ओली र महतोबीच बेलाबेला भेटवार्ता भइरहेको नेकपाका एकजना केन्द्रीय सदस्यले बताए ।

    जसपाका महन्थ ठाकुर र शरतसिंह भण्डारी प्रचण्ड–माधव समूहसँग मिलेर जाने योजना बनाएको चर्चा छ । ठाकुर र भण्डारीले प्रचण्ड–माधव समूहसँग गोप्य भेटवार्ताहरू गरेको स्रोतले जनाएको छ । ठाकुर र भण्डारीसँगै अन्य नेताहरू पनि डा.बाबुराम भट्टराई र उपेन्द्र यादवसँग रिसाएका छन् । बाबुराम र उपेन्द्रले तत्कालीन राजपाका नेताहरूलाई मन पराउँदैनन् । उनीहरूबीचको सम्बन्ध राम्रो छैन ।

    नेकपाभित्रको विवाद सरेर जसपामा पुगेको छ । जसपाभित्रको विवादका कुराहरू धेरै बाहिर आएका छैनन् । तर, जसपाभित्र विभाजनको ठूलो आशंका गरिएको छ ।-यूनाइटेड पोस्ट साप्ताहिक 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार