Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    अनलाइन नेपाल
  • बिहिबार, १ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

    महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।



    महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको र तराई भूभागमा हल्का हुसु र कुहिरो लागेको जानकारी दिएको छ ।



    यसैगरी आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भूभागमा आंशिक बदली रहेर देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

    भने, प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राति प्रदेश नं १, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रहि देशका अन्य भूभागमा आंशिक बदली हुने देखिन्छ।

    यता, प्रदेश नं १ का एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार