Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • नौ लाख अवैध रकमसहित दुई जना पक्राउ

    नौ लाख अवैध रकमसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २९ पुष २०७७
  • 2.4K
    SHARES

    सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहाले अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिराहाको बरियारपट्टी गाउँपालिका–२ का ४० वर्षीय मोहम्मद सगिर मियाँ र २४ वर्षीय मेहदी मन्सुर रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स ८ प ९६१४ नम्बरको मोटरसाइकललाई जाँचका क्रममा स्रोत नखुलेको अवैध ९ लाख ३९ हजार ९ सय १५ नेपाली रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।



    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    केही दिनअघि पनि अवैध रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार