ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा वडाध्यक्ष पक्राउ

ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा वडाध्यक्ष पक्राउ

अनलाइन नेपाल
  • बुधबार, पुष २९ २०७७

  • 1.4K
    SHARES

  • ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा वडाध्यक्ष पक्राउ

    बागलुङ । जिल्ला प्रहरी कार्यालयले बागलुङले ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा परेकाले उनलाई आज दिउँसो ३ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।

    २०७६ सालमा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए ।

    घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताए ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार