Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको कदमविरुद्ध अनेरास्ववियुद्वारा कार्टुन प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियुले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध ब्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको छ ।

संसद विघटनविरुद्धको दोश्रो चरणको आन्दोलन अन्तर्गत अनेरास्ववियुले बुधबार प्रज्ञा प्रतिष्ठानको डवलीमा ब्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको हो ।

प्रधानमन्त्रीको कदमलाई व्यंग्य गर्दै विभिन्न संचारमाध्यमहरुमा विभिन्न मितिमा प्रकाशित गरिएका कार्टुनहरुलाई संकलन गरी प्रदर्शन गरिएको अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले जानकारी दिए ।

प्रधानमन्त्रीको कदम नसच्चिएसम्म आन्दोलन जारी रहने भन्दै उनले आन्दोलनका अन्य कार्यक्रम तय गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077