आयोगलाई ओलीको जवाफ : नेकपा फुटेको छैन

आयोगलाई ओलीको जवाफ : नेकपा फुटेको छैन

अनलाइन नेपाल
  • बुधबार, पुष २९ २०७७

  • 931
    SHARES

  • आयोगलाई ओलीको जवाफ : नेकपा फुटेको छैन

    काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नै विभाजन नभएको दाबी गरेका छन् ।

    साथै पार्टीमा आफू आधिकारिक भएको भन्दै उनले अरुले पठाएको जानकारी अभिलेखिकरण गरे निर्वाचन आयोगले नै पार्टी एकता भंगको घोषणा गरेको हुने दाबी गरेका छन् ।

    निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो । आयोगले तोकेको म्यादको अन्तिम दिन ओली र प्रचण्ड–माधव दुबै समूहले जवाफ पठाएका छन् ।

    ओलीले ११ पृष्ठ लामो जवाफ पठाउँदै भनेका छन्, ‘पुष्पकमल दाहाल समेतले आयोगमा पत्र पठाई पार्टी विभाजनको हिसावले पत्राचार गरेपनि झै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको छैन र, होइन ।’

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार