काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का डेढ दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो मध्यबानेश्वरमा विरोध प्रदर्शनका लागि कपाल मुन्डन गर्ने क्रममा कम्तीमा १५ जना नेविसंघ कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि नेविसंघलगायतका विद्याथी संगठन
देशव्यापी आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले प्रधानमन्त्रीको संसद् विघटनको कदम असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गरिरहेका छन् ।
सत्तारुढ दल नेपाप कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह पनि निरन्तर आन्दोलनमा छ ।
Leave a Reply