Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • रोजगारीको लोभ देखाएर फेसबुकमार्फत ठगी गरेको आरोपमा पक्राउ

    रोजगारीको लोभ देखाएर फेसबुकमार्फत ठगी गरेको आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २९ पुष २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–८ घर भई काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय शिव खड्का रहेका छन् ।



    महाशाखाले उनलाई फेसबुकमा ‘जब भ्याकेन्सी’ पेज बनाएर बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।



    फेसबुक पेजमा आकर्षक तलब, सुविधा दिने झुठो विवरण राखेर ई–सेवा मार्फत १५ सयदेखि ३५ सयसम्म डिपोजिट गर्न लगाएर ४३ जना बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा महाशाखाले जनाएको छ ।

    यसबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार