Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • विप्लव समूहका विदेश विभाग प्रमुख बाँस्तोलासहित २ जना पक्राउ

    विप्लव समूहका विदेश विभाग प्रमुख बाँस्तोलासहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २९ पुष २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोलासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी स्रोतका अनुसार उनीहरुलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।



    बाँस्तोलासँगै विवेक कुमाल पनि पक्राउ परेका छन् । उनी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता मानिन्छन् ।



    पक्राउ परेका बाँस्तोला विप्लव समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार