Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • संसद विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

    संसद विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

    अनलाइन नेपाल
  • बुधबार, २९ पुष २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट हेर्दाहेर्दैमा राखिएको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट बुधबार पनि हेर्दाहेर्दैमा राखिएको हो ।



    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलाशमा बुधबार भएको सुनुवाइ जारी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ शुक्रबारका लागि तय भएको छ ।



    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो।

    प्रतिनिधि सभा विघटनविरुद्धका निवेदन बृहत् पूर्ण इजलासमा लैजान बुधबारको बहसमा सरकारी पक्ष असहमत देखिएको छ । उक्त मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने रिट निवेदकतर्फ कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार