Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट हेर्दाहेर्दैमा राखिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट बुधबार पनि हेर्दाहेर्दैमा राखिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलाशमा बुधबार भएको सुनुवाइ जारी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ शुक्रबारका लागि तय भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो।

प्रतिनिधि सभा विघटनविरुद्धका निवेदन बृहत् पूर्ण इजलासमा लैजान बुधबारको बहसमा सरकारी पक्ष असहमत देखिएको छ । उक्त मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने रिट निवेदकतर्फ कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077