कमल थापाले भने-सगरमाथासम्बन्धी भारतीय पत्रकारको टिप्पणी हावादारी हाे

कमल थापाले भने-सगरमाथासम्बन्धी भारतीय पत्रकारको टिप्पणी हावादारी हाे

अनलाइन नेपाल
  • बुधबार, पुष २९ २०७७

  • 817
    SHARES

  • कमल थापाले भने-सगरमाथासम्बन्धी भारतीय पत्रकारको टिप्पणी हावादारी हाे

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय पत्रकार सुधिर चौधरीले सगरमाथाका बारेमा गरेको टिप्पणी हावादारी भएकाले टिप्पणी गर्नसमेत लायक नभएको जनाएका छन्

    पत्रकार चौधरीले ‘माउन्ट एभरेष्ट’को नाम बदलेर ‘सिकन्दर’ राख्नुपर्ने भन्दै भारतीय न्युज च्यानल जी न्युजमा कार्यक्रमार्फत् प्रस्ताव गरेपछि अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत टिप्पणी गरेका हुन् ।

    राप्रपा अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत ट्वीट गर्दै भनेका छन् “सगरमाथासम्बन्धी एक भारतीय पत्रकारको टिप्पणी हावादारी, उडन्ते र अनुपयुक्त छ,” ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार