Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • विश्व स्वास्थ्य संगठनद्धारा चीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन गर्दै

    विश्व स्वास्थ्य संगठनद्धारा चीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन गर्दै

    अनलाइन नेपाल
  • बुधबार, २९ पुष २०७७
  • 1.7K
    SHARES

    एजेन्सी । विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोेप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरिरहेकाे समाचार अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन्।

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसले सो कुराको जानकारी गराएकाे समाचारमा उल्लेख छ। उनले चीनका ती कम्पनीहरुले उत्पादन गरेका खोपहरुको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरुले काम गरिरहेका बताए।



    महानिर्देशक गेबरियसले भने,’मलाई यस कारणले खुशी लागेको छ कि चीनका यी दुई खोपको प्रयोग र तिनको अन्तर्राष्ट्रिय प्रयोगका लागि आवश्यक गुणस्तरका विषयमा पनि विश्व स्वास्थ्य संगठनको विज्ञ समूहले काम गरिरहेको छ।’



    विश्व स्वास्थ्य संगठनले विश्वका खोप उत्पादक कम्पनीहरुलाई छिटो छिटो खोपहरु उत्पादन गर्न र यससम्बन्धी तथ्यांकहरु संगठनलाई उपलब्ध गराउन पनि विश्व समुदायलाई आग्रह गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार